नियम ८७
खारेजी र बचाउ
गैर सैनिक हवाई उडान नियमहरू, २०१९ खारेज गरिएको छ र सो नियमहरू अनुसार प्रदान गरिएका सबै प्रकारका ईजाजतपत्र, रेटिंग तथा अन्य प्रमाणहरू यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक यसै नियमावली बमोजिम प्रदान गरिएको मानिनेछ । यस नियमावलीमा लेखिएको कुरा सबै नियमावली बमोजिम र नलेखिएको कुराको हकमा प्रचलित कानून, एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।